कर्मफ्लाईटसद्वारा गोरखामा ‘आफन्तजन छात्रवृत्ति वितरण’ तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

-


     मर्दी न्युज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित


गोरखा । कर्मफ्लाईटस् संस्थाले गोरखाको धार्चे, अजिरकोट तथा बारपाक सुलिकोट गाउँपालिका अन्तर्गतका २०७२ सालको महाभुकम्पमा परिवारजन गुमाएका १०० जना वालवालिकाहरुलाई आफन्तजन छात्रवृत्ति प्याकेट वितरण गर्दै आइरहेकोमा यो पटक छैटौं वर्षमा पनि संवन्धित विद्यालयका प्र.अ./प्रतिनिधी मार्फत् छात्रवृत्ति स्वरुप शैक्षिक सागाग्री झोला, ड्रेस तथा व्यक्तिगत सरसरफाई सामाग्री तथा नगद समेत गरि वितरण गरिएको छात्रवृत्ति कार्यक्रमका परिकल्पनाकार प्रेम ब. कुँवरले बताए ।

फोटोः मिना कार्की

मनसुन शुरु भई बाटाघाटाहरु यात्रा गर्न जोखिमपूर्ण भएको र कोरोनाको कहरविच पनि पठनपाठनलाई सूचारु गराउनु पर्ने दायित्ववोध का साथ सामाजिक दुरी कायम गर्दे गत २०७७ असार ८ र ९ गते विभिन्न विद्यालयमा केन्द्र गराई वितरण गरिएको बताइएको छ । जस अन्तर्गत अजिरकोटको भच्चेक, ढोरेनी तथा श्री जीवन ज्योती माध्यामिक विद्यालयमा मुच्चोक, सिम्जुङ, रन्चोक तथा तुक्रानको विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हिमालय मा.वि सिम्जुङका स.प्र.अ भरतमणि दवाडीले बताए ।

त्यस्तै सौरपानी तथा स्वाँरा क्षेत्रका वालवालिकाहरुलाई सौरपानीका जलमूखी आधारभुत विद्यालयको प्राङ्गग्रणमा भेला गराई छात्रवृत्ति बाँडिएको थियो भने सो छात्रवृत्ति बुझन दुर्गम गाँउहरुबाट ३–४ घण्टा सम्म हिडेर शिक्षक आफन्तजनका साथमा बालवालिका आएका थिए । संस्थाका प्रतिनिधी तथा शिक्षकहरुले उपस्थित समुदाय तथा विद्यार्थीहरुलाई कोरोनाबाट सुरक्षित रहँदै कसरी निरन्तर सिकाई गर्ने भन्ने बारे पृष्ठपोषण गरेका थिए । साथै धार्चे गा. पा को गुम्दा र लाप्राकका ७ जना विद्यार्थीहरुलाई विद्यालयको सक्रिय पहलमा विद्यालयहरुमै सामाग्रीहरु पठाई वितरण गरिएको श्री सुर्योदय मा.वि. गुम्दाका प्र. अ. लोक ब. गुरुङ्गले जानकारी दिए ।

फोटोः मिना कार्की

स्मरण रहोस् २०७२ सालको गोरखाको केन्द्र विन्दु भई गएको विनासकारी भुकम्प पश्चात सो क्षेत्रमा फस्ट रेस्पोन्डरको रुपमा राहत, उद्धार, पुनस्थापना तथा पुननिर्माण कार्यमा सौरपानी, स्वाँरा, मुच्चोक, सिमजुङ तथा बारपाक र लाप्राक क्षेत्रमा होमिएको कर्मफ्लाईटस् पोखराले उक्त क्षेत्रमा काम गदै गर्दा भुकम्पमा आफन्तजन गुमाई पढाई अन्योलमा भएका १०० जना बालवालिकाहरुलाई विद्यालयकै संरुक्षण र सिफारिसमा १० वर्ष सम्म निरन्तर प्रदान गर्ने गरि किनशीप स्कलरशीप छात्रवृत्ति कोष खडा गरि प्रदान गदै आइरहेको छ । वार्षिक १० लाख लगानी हुने सो छात्रवृत्ति कार्यक्रमबाट ३ वटा गाँउपालिकामा हालसम्म ३० जना बढि एसइई तथा १२ कक्षा उत्तिर्ण गरिसकेका छन् । केहि मेधावी विद्यार्थीहरुलाई विश्वविद्यालय समयको पढाईमा पनि सहयोग निरन्तर गदै आएको श्री चर्तुमाला मा.वि. मुच्चोकको प्र.अ. बुद्धि ब. नेपालीले बताए ।

फोटोः मिना कार्की

सोहि अवसरमा कोरोनाको लडाईमा अग्रपक्तिमा खटिने स्वास्थ्य कर्मीका लागी अँजिरकोट गाँउपालिका र बारपाक सुलिकोट गाँउपालिका ११३,०७४/– (अक्षरुपी एक लाख तेह्र हजार चौरहत्तर मात्र) व्यक्तिगत सुरक्षा सामग्री (पि.पि.ई), र्थमलगन, सेनटाइजर, ग्लब्स तथा उपलब्ध गराएको बताईएको छ । स्वास्थ्य सामाग्री हस्तान्तर बुझदै अजिरकोट गा.पा. अध्यक्ष फणिन्द्र धितालले विपदको बेलामा संस्थाले प्रदान गरेको सहयोगको सराहना गरेका थिए ।

पछिल्ला समयमा संस्थाले उक्त क्षेत्रमा २ वटा प्रा.वि. मा पक्की भवन, ५ वटा मा.वि. मा आइसिटी कम्प्युटर ल्याव, २८ वटा विद्यालयहरुमा एक विद्यालय एक पुस्तकालय सम्पन्न गर्नुका साथै मनास्लु क्षेत्रका हिमाली भेगका विद्यालयमा अध्ययन गर्ने ७६०० बालवालिकालाई न्यानो ज्याकेट वितरण गरेको जनाएको छ भने खानेपानी तथा २ वटा विद्यालयमा दिवा खाजा सहायता गदै आइरहेको संस्थाका अध्यक्ष भूपालसिंह गुरुङ्गले बताए ।

फोटोः मिना कार्की