ओली–प्रचण्डबीच करिब ३ घण्टा छलफल

-


     मर्दी न्युज    
     ४ साउन २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

दुई अध्यक्षबीच आइतबार साँझ करिब ३ कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए ।

दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । यद्यपि सहमतिको सबै विषयहरुमा छलफल भएपनि निश्कर्षमा भने पुग्न नसकिएको स्रोतले बताइएको छ । दुई अध्यक्षबीच सहमतिको प्रयास जारी राख्न भोलि सोमबार पुनः बैठक बस्नेगरी बार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबारको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको नेताहरूलाई आप्mनो निवास खुमलटारमा बोलाएर ओलीसँग कुनै सहमति नगरेको बताएका थिए । आफूलाई फसाएर विवादमा तानिएको र परिबन्दमा पारेर राष्ट्रपति कहाँ बोलाइएको प्रचण्डको गुनासो छ ।

दुई अध्यक्षबीचको वार्ता निष्कर्षमा पुगोस् भनेर पार्टीले स्थायी कमिटीको बैठक मंगलबारसम्मका लागि स्थगित गरेको छ ।