
पोखरा, २० साउन । विगतका वर्षहरुमा जस्तो तामझाम नभएपनि पोखरामा परम्परागत गाईजात्रा निकालिएको छ । कोरोना भाइरस संक्रमणका कारण औपचारिक कार्यक्रम स्थगित भएपनि संक्रमणलाई ख्याल गर्दै भीडभाड नगरी सीमित क्षेत्रमा परम्परागत यात्रा गरी गाईजात्रा मनाइएको हो ।
यसअघिका वर्षहरुमा पोखराका प्रत्येक टोलबाट तायमचा नृत्य प्रतियोगिता हुने गर्दथ्यो । कोभिड–१९ का कारण यसवर्ष उक्त कार्यक्रम स्थगित गरिएका हुन् ।

गाईजात्राका दिन वर्षदिनभित्र निधन भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी आआफ्नो क्षेत्रमा घुमाउने गरिन्छ । यसरी जात्रासहित परिक्रमा गर्नाले मृतकलाई शान्ति प्राप्त भई मुक्त हुने धार्मिक विश्वास रहेको छ ।
पोखराको महेन्द्रपुल, रानीपौवा, तेर्सापट्टीलगायतका क्षेत्रमा निकालिएको गाईजात्राका केही झलकहरुः
तस्विरः पदम घले र खेम गुरुङ





