जापानमा कोरोना संक्रमित नयाँ रेकर्ड, शुक्रबार थपिए १६०१

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


सन थापा
जापान । अगस्ट ७
जापानमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च रेकर्ड कायम भएकोछ । शुक्रबार १ हजार ६ सय १ जना कोरोना संक्रमित पुष्टि भएसँगै जापानमा कोरोना संक्रमित संख्या ४६ हजार ६ सय सात जना पुगेको छ । संक्रमितमध्ये १ हजार ५५ जनाको मृत्यु, १ सय ३१ जना गम्भीर बिरामी छन् भने ३० हजार ८ सय १२ जना निको भएको छ। संचारमाध्यम एनएचकेका अनुसार शुक्रबार थप सात जनाको मृत्यु हो । यसअघि गत जूलाई ३१ गते १ हजार ५ सय ८० जनाको रेकर्डलाई शुक्रबारको संक्रमित संख्याले तोडेको हो ।

टोकियो र ओसाकामा उच्च वृद्धि
टोकियोमा ४ सय ६२ जना थपिएर संक्रमित संख्या १५ हजार १ सय सात जना पुगेको छ । यसअघि अगष्ट १ गते ४ सय ७२ जना संक्रमित भएका थिए ।

ओसाकामा पनि हालसम्मको उच्च संक्रमितको संख्या २ सय ५५ जना २ थपिएर ५ हजार, ३ सय ९६ जना पुगेको छ । तेस्रो बढी खानागावा १ सय सात जना थपिदै संक्रमित संख्या ३ हजार ५७ जना पुगेको छ।

तीन प्रान्त हाराहारीमा
आईचीमा, फुकुओका, साईतामामा झण्डै हाराहारीमा संक्रमित भएका छन् । यी प्रान्तमा क्रमशः २ हजार, ८ सय ३६,२ हजार ७ सय ५४, २ हजार ७ सय ३५ जना संक्रमित संख्या पुगेको छ। जहाँ क्रमशः १ सय ५८, १ सय ४० र ५० जना नयाँ थपिए ।

त्यसैगरी होक्काइदो र ह्योगोमा पनि संक्रमित संख्या हाराहारीमा पुगेको छ । ह्योगोमा १ हजार ५ सय ३३ र होक्काईदोमा १ हजार ५ सय २८ जना पुगेको छ । ह्योगोमा ४९ र होक्काईदोमा १० जना नयाँ संक्रमित थपिए । क्योतोमा २० जना थपिदै ९ सय ४२ जना पुगेको छ भने ओकिनावामा ८ सय ८४ जना संक्रमित संख्या पुगेको छ। ओकिनावामा हालसम्मकै बढी १ सय जना संक्रमित थपिएका हो । चिबामा ६५ जना थपिएर संक्रमित २ हजार ५१ जना पुगेको छ ।