
फोटोः मनशान्त घिमिरे
म्यादी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं ६ को मराङ्ग र मालिका गाउँपालिका बडा नं ७ को बिम मा फ्रीज्जी लाइट (गैर नाफामुलक संस्था) अस्ट्रीयाको आर्थिक सहकार्य, लामा राइजेन टुर्स, ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि. को आयोजना तथा जिल्ला समन्वय समिति, म्यादीको संयोजनमा पहिरो पीडितहरु लाई राहत बितरण गरिएको छ। यही २०७७ साल असार २५ र २६ गते परेको भीषण बर्षाका कारण जिल्लाका विभिन्न भागमा थुप्रै पहिरोहरु गएको थियो र व्यापक रूपमा जनधनको क्षति भएको थियो । जस अन्तरगत बिम र मरांगमा गरि २६ जनाको मृत्यु भएको थियो ।

बाढीपहिरो बाट अत्यधिक प्रभावित मालिका गा.पा. वडा नं. ७ का २६ परिवार र धौलागिरी गा.पा. वडा नं. ६ मराङ्ग का २४ परिवारलाई गरि जम्मा ५० परिवारलाई राहत बितरण गरिएको थियो । राहतमा न्यानो स्लिपिङ्ग ब्याग, म्याट्रेस तथा आपतकालीन रूपमा अस्थायी टहरा बनाउन प्रयोग हुने त्रीपाल बितरण गरिएको थियो। पोखरा बाट साउन २१ गते निस्केको फ्रीज्जी लाइटको टिम विविध अवरोध र अबरुद्ध सडक छिचोल्दै अनि सडक सुचारु होउन्जेल धैर्यतापुर्बक पर्खदै सोहीदिन दरबाङ्ग बजार भन्दा केहि अगाडि खारामा पुगेर बासबसेको टिमका सदस्य दुत गर्बुजा पुनले बताउनु भयो ।
भोलिपल्ट बिहान (२२ गते) स्थानीय समाजसेवी टकलाल पुनको सक्रियतामा राहत सामाग्रीहरु लाई दुईभाग लगाइ एकभाग मालिका गा.पा. वडा नं. ७ को वडा कार्यालय बिम तल्लो गाउँ र अर्को भाग धौलागिरी गा.पा. वडा नं. ६ को वडा कार्यालय मराङ्गबेशी पठाइको थियो । घटनास्थल को प्रत्यक्ष अबलोकन गर्दै प्रकृतिको तान्डवनृत्य जस्तै लाग्ने विध्वंसहरु, असंख्य ठुलोसानो पहिरोहरु, भत्किएका घर गोठ तथा बाटोहरु, धांजा फाटेका जमीन, खेतवारी हरु हेर्दै नियाल्दै लगभग २ घण्टाको हिडाइ पछी बिम तल्लोगाउँ पुगेर पीडितहरु लाई राहत बितरण गरिएको थियो । बडा अध्यक्ष रेशम जुग्जाली र स्थानीय बुद्धिजीवी समाजसेवीहरु को रोहवरमा गरिएको राहत बितरण कार्यक्रम पश्चात् सोही वडा को बाइन्डोफाँट स्थित बराह आमा समुह र बिमवाङ्ग युवाक्लब का साथीहरूले बिहानको खानाको ब्यबस्था गरेको जानकारी टिममा सहभागी पुनले दिनुभयो।

बिहानको खानापछी ठाडो ओरालो र पहिरोग्रस्त भुभाग हुदै अर्कला पुगि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र के.सि. तथा मालिका गा.पा. वडा नं.६ दरबाङ्गका वडा अध्यक्ष सन्तोष सुवेदी भेटि अत्यन्तै जोखिमका साथ धेरै स्थानका पहिरोहरु छिचोल्दै सबैजना सोहि बेलुकी मराङ्गबेसि पुगेको टिमका सदस्य शेषकान्त शर्माले बताउनु भयो ।
धौलागिरी गा.पा. वडा नं.६ का वडा अध्यक्ष राजाराम सुवेदी को रोहवरमा गरिएको राहत बितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा संक्षिप्त भनाइ राख्नुहुदै जि.स.स. म्याग्दीका प्रमुख देबेन्द्र के.सि. ले यस्तो कठिन अबस्थामा राहतजस्तो मानवीय सहयोग आफ्नो जिल्लामा ल्याएकोमा फ्रीज्जी लाइट संस्थाको मुक्तकण्ठ ले प्रसंसा गर्नुभयो भने फ्रीज्जी लाइटका नेपाल प्रतिनिधि, युवा पर्यटन ब्यबसायी तथा लामा राइजेन टुर्स, ट्रेक्स एन्ड एक्सपिडिसनका निर्देशक छिरिङ्ग लामा शेर्पाले बिपत्तिको बेला सबैजना मिलेर पीडित को सेवा गर्नुपर्ने बताउनुभयो।

विशेषगरि पहाडी र हिमाली क्षेत्रमा बिपन्न परिवार र समुदायको शिक्षा र स्वास्थ क्षेत्रमा लामो समयदेखि फ्रीज्जी लाइट संस्था लागिपरेको स्मरण गर्दै भबिस्यमा पनि आवश्यकता अनुसार यस्तो किसिमका कार्यक्रम ल्याउने शेर्पाले बताउनुभयो। सोही अबसरमा यस हेल्पिङ्ग ह्यान्डस पोखराको तर्फबाट पठाएको न्यानो पछ्यौराहरु स्थानीय बृद्धबृद्दाहरु लाई बितरण गरियो र फरक क्षमता भएका बालबालिका हरुको लागि शैक्षिक तथा खेल सामाग्री समेत बितरण गरेर साउन २३ गते शुक्रबार टिम पोखरा फर्किएको टिमका सदस्य शर्माले बताउनु भयो ।
