जापानमा कोरोना संक्रमित थपिए १५६५, सावधानी अपनाउन गभर्नरहरूको आग्रह

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


सन थापा
जापान । जापानमा शनिबार १ हजार ५ सय ६५ जना कोरोना संक्रमित पुष्टि भएसँगै संक्रमित संख्या ४८ हजार १ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये १ हजार ५५ जनाको मृत्यु, १ सय ४० जना गम्भीर बिरामी छन् भने ३१ हजार ९ सय ६६ जना निको भएको एनएचकेले जनाएको छ ।

साँझ ८ बजेको अपडेट अनुसार राजधानी टोकियोमा ४ सय २९ जना थपिएर संक्रमित संख्या १५ हजार ५ सय ३६ जना पुगेको छ । त्यस्तै ओसाकामा संक्रमितको संख्या १ सय ७८ जना २ थपिएर ५ हजार, ५ सय ७४ जना पुगेको छ । तेस्रो बढी खानागावा १ सय २८ जना थपिदै संक्रमित संख्या ३ हजार १ सय ८५ जना पुगेको छ।

त्यस्तै आईचीमा ३ हजार १३ जना पुगेको छ , १ सय ७७ जना थपिएको हो । फुकुओकामा १ सय ५० जना थपिदै २ हजार ९ सय ४ जना पुगेको छ भने साईतामामा २ हजार ८ सय १९ जना संक्रमित संख्या पुगेको छ। जहाँ ८४ जना थपिए ।

चिबामा ५३ जना थपिएर संक्रमित २ हजार १ सय चार जना पुगेको छ ।
ह्योगोमा १ हजार ५ सय ८८ र होक्काईदोमा १ हजार ५ सय ४१ जना पुगेको छ । ह्योगोमा ५५ र होक्काईदोमा १३ जना संक्रमित थपिए । त्यसैगरी क्योतो र ओकिनावा संक्रमित संख्या हाराहारीमा पुगेको छ क्योतोमा २ जना थपिदै ९ सय ६३ जना पुगेको छ भने ओकिनावामा ८४ जना थपिएर ९ सय ६८ जना संक्रमित संख्या पुगेको छ। ओकिनावामा गत हप्ताबाट उच्च रूपमा संक्रमित थपिदै आएको छ ।

यसैबीच राष्ट्रिय गभर्नर एशोशिएसनको आज बसेको अनलाईन बैठकले ओबन बिदामा सावधानी अपनाउन गभर्नरहरूको आग्रह गरेका छन् । बैठकमा टोकियोका गभर्नर कोईके, ओसाकाका गभर्नर योशीमुरा, खानागावाका गभर्नर कुरोइवा, ओकिनावाका गभर्नर तामाकी, शिजो प्रान्त गभर्नर कावाकाचुले बोलेका थिए । उनीहरूले कोरोना संक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सीमित नीतिका कारण आपतकाल घोषणाले मात्र समस्या समाधान नहुने धारणा राखे ।जापानमा शनिबारदेखि अगस्ट १६ गतेसम्म ओबन बिदा भएको छ ।