
पोखरा । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित सडक पेटीमा अचेत अवस्थामा फेला परेको युवकको मृत्यु भएको र उनको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । अचेत अवस्थामा फेला परेका अन्दाजी २०/२२ वर्षका युवकलाई साँझ ८ः२५ बजेको समयमा प्रहरीले तत्काल गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक धुलिखेल १० डाडागाउ, उमेर २१ वर्ष लेखिएको कापी फेलापरे पनि मृतकको पहिचान नखुलेकोले कोही आफन्त वा चिनजानको ब्यक्ति भए कास्की प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
आर्यन मुलको अनुहार भएको, कालो छोटो कपाल पालेको, खैरो रंगको लेदरको जकेट, कालो टिर्सट र कालो जिन्स पाईन्ट लगाएको, बायाँ हातमा अंग्रेजीमा सुन्दर, स्टार चिन्हको ट्याटु, दाहिने हातमा पनि अंग्रेजीमा सुन्दर क्षेत्री लेखेको ट्याटु खोपेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान नभएको कास्की प्रहरीले जनाएको छ ।

