
एजेन्सी । भारतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। अहिलेसम्म त्यहाँ ५० हजार ९२१ जनाको मृत्यु भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो १० दिनमा नै १० हजारको मृत्यु भएको छ।
भारतमा गत ११ मार्चमा कोरोनाभाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको थियो। त्यसको ९७ दिनपछि मृतकको संख्या १० हजार पुगेको थियो। त्यसपछि मृत्युदर तीव्र गतिमा बढेर डेढ महिनामै मृतकको संख्या ५० हजार पुगेको हो।
अमेरिका र ब्राजिलपछि भारत तेस्रो धेरै संक्रमित भएको देश हो । तर, मृतक संख्यामा मेक्सिकोभन्दा पछि भारत चौँथो स्थानमा छ। मेक्सिकोमा करीब ५६ हजार, ब्राजिलमा एक लाख सात हजार र अमेरिकामा एक लाख ७२ हजारको मृत्यु भइसकेको छ।
विश्वमा करीब सात लाख ६८ हजारको मृत्यु भइसकेको छ। तीमध्ये ६.५ प्रतिशतको भारतमा मृत्यु भएको छ।