पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ भदौ । पोखरा महानगरपालिकाका ३ जनासहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ३ जनासहित प्रदेशमा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका ९ का ६ वर्षीया बालिकासहित ६१ वर्षीया महिला र वडा नं. ४ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै तनहुँ जिल्लाको भिमाद नगरपालिका ३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी गाउँपालिका ३ का २९ वर्षीय पुरुष गरी तनहुँमा २ जना र बागलुङको बागलुङ नगरपालिकाका २ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।

त्यस्तै स्याङ्जा जिल्लाका वालिङ नगरपालिका १३ का ४५ वर्षीय पुरुष र फेदीखोला गाउँपालिका २ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुर जिल्लाको देवचुली गाउँपालिका ७ र १७ नम्बर वडाका ४४ र ४२ वर्षीय पुरुष र कावासोती १६ का ४० वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा १ हजार ८ सय ५५ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।



Tags: