गत २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको कुल संख्या १८३ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ५ महिला र ३ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा ललितपुरकी ६५ वर्षीया, कास्कीकी ३२ वर्षीया, बाराकी २३ वर्षीया, रुपन्देहीकी ७० र बाँकेकी ७० वर्षीया गरी ५ महिला रहेको जानकारी दिए ।

त्यसैगरी काठमाडौंका ४८ वर्षीय, पर्साको ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषहरुको मृत्यु भएको छ ।

योसँगै मृतकको कुल संख्या १८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: