
सन थापा
जापान, अगष्ट ३० ।
जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्म १ हजार २ सय ९९ जना पुगेको छ। जसमा योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना समावेश गरिएको छ ।
आईतबार खानागावामा चार, टोकियोमा दुई, फुकुओका, आईची, ओसाका, ओकिनावा, चिबा, क्योतो, ओकायामा, तोयामा प्रान्तमा एक(एक जना गरी १४ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी आईतबार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित भएका ६८ हजार ८८ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६८ हजार ८ सय जना पुगेको छ ।
राति १० बजेसम्मको अपडेट अनुसार २ सय ३० जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
धेरै संक्रमित प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २० हजार ७ सय १७ जना, ओसाकामा ८ हजार ४ सय ९१ जना, खानागावामा ४ हजार ९ सय ११ जना, आईचीमा ४ हजार ५ सय तीन जना, फुकुओकामा ४ हजार ५ सय ६८ जना, साईतामामा ३ हजार ९ सय एक जना पुगेको छ । यी प्रान्तमा क्रमशः १ सय ४८ जना, ६२ जना, ६४ जना, ३६ जना, ८० जना र ४२ जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा ३ हजार १९ जना, ह्योगोमा २ हजार २ सय ६८ जना, ओकिनावामा २ हजार १ सय १७ जना, होक्काईदोमा १ हजार ७ सय ७३ जना र क्योतोमा १ हजार ४ सय ४८ जना पुगेको छ । चिबामा ३९ जना, ह्योगोमा १३ जना, ओकिनावामा ३३ जना, होक्काईदोमा चार जना, क्योतोमा नौ जना संक्रमित थपिए ।