२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३९४६०

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज सोमवार संक्रमित हुनेहरुमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा ७ हजार १ सय २१ सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७ सय १ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ८ सय २२ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय १९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ९३ हजार ४७२ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ५८८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २१ हजार ४ सय १० रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: