कोरोना संक्रमणबाट गोरखाकी ६५ वर्षीय महिलाको मृत्यु, गण्डकीमा मृतकको संख्या १४ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा । कोरोना संक्रमित आरुघाट गाउँपालिका–४ की ६५ वर्षीय महिलाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपचारका लागि काठमाडौं पुगेकी उनको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचारको क्रममा भदौ १३ गते राति ११ बजेर ४८ मिनेटमा ती महिलाको मृत्यु भएको हो । उनी १३ भदौमा कोरोना पुष्टि भएकोमा उनको सोही राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । मृतक महिला थाइरोइड र मुटुरोगकी दीर्घरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गोरखा आरुघाट निवासी ६५ वर्षीया महिलाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा मृतकको संख्या १४ पुगेको हो । यसअघि कास्कीका ४, गोरखाका ३, स्याङ्जा र लमजुङ २/२, तनहुँ, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।