
पोखरा, १६ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २३९ पुगेको छ ।
मंगलवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको उनले बताए ।