
फाइल तस्विर
खेल स्वास्थ्य जीवनको लागि अपरिहार्य छ । तपाई जुनसुकै खेल खेल्नु होस शारीरिक स्वास्थ्यको लागि एकदम उक्तम हुन्छ । धेरै खेलहरूमध्ये एक प्रतिष्ठित गल्फ खेल पनि हो । नेपालमा गल्फ खेल प्रचलनमा आएको धरै समय भएको छैन । परापूर्वकालमा राजामहाराजाका सन्तानले मात्र खेल्ने गरेको गल्फ अहिले नेपालमा पनि मुख्य खेलको रुपमा स्थापित भएको छ ।

नेपालमा राजधानी बाहेक अन्य पनि केही गल्फ कोर्सहरू छन । ति मध्ये पोखराको एक निजि रूपमा स्थापित हिमालयन गल्फ कोर्स हो । यस हिमालयन गल्फ कोर्सका प्रोपाईटर मे. रामबहादुर गुरूङ हुन । उनी युके आर्मी रिटायर्ड अफिसर हुन । उनी रिटायर्ड अगावै नेपालमा आएर हिमालयन गल्फ कोर्स बनाउने उनको सुन्दर सपना थियो भने त्यो सपना साकार पनि भएको छ ।

खेल मैदान पुग्दा यस्तो लाग्छ कतै विदेशमा भएको खेल मैदान त होइन ? निर्माण लागतको त अनुमान नै नगरौ पूर्ण क्षेत्रफल नौसय रोपनि छ । विजयपुर वारिपारि सेरोफेरो हरियाली चौर बीच भेडाका बथान पनि चर्दै गरेको देख्न सकिन्छ । सुन्दर माछापुच्छ«े र अन्नपुर्ण हिमश्रृङ्गखलाको हत्केलामा उभिए झै हुन्छ ।

सन १९९८ मा नौ होलको खेल मैदानबाट शुरू भएको हिमालयन गल्फकोर्स अहिले सोह्रौ होलको मैदान तैयार छ । अबको एक दुई वर्ष पछि अठार होलको मैदान तैयार हुँदैछ, हिमालयन गल्फकोर्सका प्रबन्धक भूवनसिंह गुरूङले बताउनु भयो ।
पहिला पहिला यो खेल प्राय व्यापारिक उच्च घरानाका सदस्यहरूले खेल्ने खेल भनेर चिनिन्थे । हुन पनि केवल अंग्रेजी मुभि र च्यानलहरूमा गल्फकोर्स खेलेको मात्र हेर्न सकिन्थ्यो । त्यति प्रचारप्रसार पनि थिएन । तर आजभोलि ईच्छुक सबैले यो खेल खेल्न सक्छ । हिमालयन गल्फकोर्समा अहिले एक सय जति खेलाडी सदस्य छन । लाईफ मेम्बर र कर्पोरेट मेम्बर गरी दुई प्रकारका सदस्य छन । सोहि अनुसार शुल्क तिर्नु पर्छ ।

वर्ष भरिनै यो खेल आननदसँग मज्जा लिएर खेल्न सन्छि । मेनेजर भुवनसिंह गुरुङ स्वयम् प्रशिक्षक हुन भने अन्य चार जना प्रशिक्षकले कन्ट्याक वेशमा खेलाडीहरूलाई प्रशिक्षण दिनुहुन्छ । इच्छुक व्यक्तिले हप्ता दिन महिना अनुसार शुल्क दिनु पर्छ । हिमालयन गल्फ कोर्समा अन्तराष्ट्रिय सार्क गेम प्रतियोगिताहरू पनि सम्पन्न भईसकेको छ । भारत, भुटान, श्रीलंका मालदिप्स र नेपालका खेलाडीहरूले यहाँ खेल खेलिसकेका छन ।

अहिले विश्व महामारिको रूपमा फैलिएको कोरोनाभाईरस कोभिड– १९ ले तनाव ग्रस्त अवस्थामा पनि यो गल्फकोर्स खेल सामाजिक दुरिका आधारमा मजासँग खेल्न सकिन्छ । गल्फकोर्स खेल यूरोप र अमेरिकामा पनि यो कोरोना महामारिको अवस्थामा पनि त्यहाँको सरकारले पूर्ण रूपमा खेल्न अनुमति दिएको छ । यो खेल शारीरिक स्वास्थ्यदेखि मानसिक रूपमा पनि स्वस्थ्य रहन सकिने म्यानेजर गुरुङ बताउनु हुन्छ । उहाँ अझ थप्नु हुन्छ, ‘यो एक किसिमको मेडिटेशन नै हो र साथै खेल्दै जाँदा खेलाडिहरू बीच मित्रता र भाईचारा सम्बन्ध पनि बढने हुन्छ ।’

खेलको समय करिब चारदेखि पाँच घण्टाको हुन्छ । खेल अवधिभर करिब दश किलोमिटर बराबर हिडनु पर्ने हुन्छ । शारीरिक रूपमा कसरत बढ्नुका साथै मानसिक तनाव पनि दूर गराउँछ । गल्फ खेल राष्ट्रिय खेलमा पनि समावेश गरिएको छ । प्रत्येक प्रदेशबाट पुरूष तीन र महिला दुई जना समावेश हुन्छ । आजभोलि यूवापीडिहरू पनि यस खेलप्रति आर्कषण र मोह बढ्दै गएको छ ।

