
पोखरा, १९ भदौ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुखले पोखरेललाई प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम शुक्रबार नियुक्त गर्नुभएको हो । कास्कीको पोखरा–२१, निर्मलपोखरीमा जन्मिनुभएका नवनियुक्त प्रदेशसभा सचिव पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आउनुभएको छ ।
नवनियुक्त सचिव पोखरेलले शुक्रबार नै माननीय प्रदेश प्रमुख शेरचनबाट नियुक्तिपत्र समेत बुझ्नुभएको छ ।

