
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय ३० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार दोस्रो पटक जारी गरेको विज्ञप्तिअनुसार प्रदेशमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ७ सय ३० पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १७ का ६१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ६ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ का संक्रमित व्यक्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘पे क्लिनिक’मा परिक्षण गर्न आएका हुन् भने तनहुँ जिल्ला, शुक्लागण्डकी–६ का ३० वर्षीया महिला सोहि अस्पतालमा उपचाररत रहेको निर्देशक डा शर्माले जनाए ।
