पोखराका २ जनासहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ भदौ । पोखराका थप २ जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ९ः५० बजे जारी गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा २ सहित ४ जिल्लाको गरी प्रदेशमा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १० का १ जना, १ का १ जना गरी २ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना र नवलपरासी (ब.सु.पू.) का १२ गरी १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनादविन्दु शर्माले जानकारी दिए ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जा जिल्ला पुतलीबजार–१ का ४० वर्षीय १ जना गरि ४ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परिक्षणको लागि आएको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेको छ ।



Tags: