तनहुँ र नवलपुरमा गरी ३१ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या २७९५ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा फेरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ जिल्ला तनहुँ र नवलपुरमा संक्रमित फेला परेका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ । यसअघि आजै बिहान दुईपटक गरी ३४ जनामा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार तेस्रो पटक जारी विज्ञप्तिअनुसार तनहुँका १० जना र नवलपरासी (ब.सु.पू.)का २१ जनामा कोरोना पुष्टि भएको हो ।

तनहुँ जिल्लाका संक्रमितमध्ये ५ जना भानु नगरपालिकास्थित सशस्त्र प्रहरीका हुन् भने बाँकी संक्रमित सबैलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराएका छन् । उनका अनुसार संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।



Tags: