
पोखरा, २६ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ९ सय २५ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ । शुक्रवारसम्म १ सय ७० जना बिरामी आईसीयूमा उपचाररत छन् भने २५ जना भेन्टिलेटरमा उपचाररत रहेको प्रवक्ता गौतमले बताए ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ९ सय ७२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

