
फाइल तस्विर
पोखरा, २७ भदौ । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत कोभिड–१९ उपचार केन्द्र (पश्चिमाञ्चल अस्पताल) मा उपचारार्थ स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पुरुषको आज शनिवार बिहान ६ः३२ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।
ती पुरुष कोरोना पोजिटिभ भई २४ गते आईसीयूमा भर्ना भएको थियो । कोरोना संक्रमण भई यस प्रतिष्ठानमा मृत्यु हुने उनी दशौं व्यक्ति भएको निर्देशक आचार्यले जनाए ।
यो संख्या संगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्य २३ पुगेको छ । गण्डकी प्रदेशमा यसअघि म्याग्दीका १, गोरखाका ४, तनहुँका ३, कास्कीका ८, बागलुङ १, स्याङ्जा २ र नवलपरासी (ब.सु.पू.)का ३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।