कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । देशभर आज थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष रहेका छन् । मृतकमा महिलामा पर्साकी ७८ वर्षीया, काठमाडौंकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया गरी ३ महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा सुनसरीका ४३ वर्षीय, काठमाडौंका ५१ र ५४ वर्षीय गरी २ जना, भक्तपुरका ७२ र ३८ वर्षीय गरी २ जना रहेका छन् । त्यस्तै चितवनका ६१ वर्षीय, स्याङ्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय, कास्कीका ५१ वर्षीय र रुपन्देहीका ४० र ६० वर्षीय २ जना गरी ११ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: