कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित


पोखरा, २९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । देशभर आज थप १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ६१ वर्षीया, गोरखाका ६३ वर्षीया, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुका ४७ वर्षीया गरी ५ महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा मोरङका ४० र ७० वर्षीय, काठमाडौंका ७७, ६२, ७३, ८५ र ७० वर्षीय गरी ५ जना र ललितपुरका ५५, भक्तपुरका ७३ र रामेछापका २३ वर्षीय गरी १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: