
फाइल तस्विर
पोखरा, ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३७१ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सिराहाका ३५ वर्षीया, बाराका ५५ वर्षीया, काठमाडौंका ८६ र रुपन्देहीका ६४ वर्षीया गरी ४ महिला रहेका छन् ।
यस्तै पुरुषहरुमा सर्लाहीका ६४, बाराका ५५ वर्षीय, काठमाडौंका ३४, ९६ र ६६ वर्षीय गरी ३ जना र मकवानपुरका ६१ र कपिलवस्तुका ५७ वर्षीय गरी ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।