कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

-


     मर्दी न्युज    
     असाेज ९ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ९ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशभर आज थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ३ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङका ६० वर्षीया, काठमाडौंका ७५ वर्षीया र कपिलवस्तुका ७० वर्षीया गरी ३ जना रहेका छन् ।

यस्तै पुरुषहरुमा मोरङका ५५ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय गरी ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: