ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ९ गते २०७७ मा प्रकाशित


काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ  । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

जीउ दुख्ने, टाउको दुख्ने समस्या भएपछि बिहीवार पाटन अस्पतालमा परीक्षण गर्दा आज कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको हो । उनी अहिले आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो ।



Tags: