
फाइल तस्विर
पोखरा, १२ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।
देशभर आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४८१ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र २ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सुनसरीका ३८ र भक्तपुरका ५१ वर्षीया गरी २ जना रहेका छन् ।
यस्तै पुरुषहरुमा बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुष गरी २ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।