
फाइल तस्विर
पोखरा, १३ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
देशभर आज थप १० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४९१ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सर्लाहीका ७२ वर्षीय, काठमाडौंको ५७ वर्षीय र बाँकेका ७६ वर्षीया गरी ३ जना रहेका छन् ।
यस्तै पुरुषहरुमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय गरी २ जना, चितवनका ५५ वर्षीय, बाँकेका ५३ र ३९ वर्षीय २ पुरुष गरी ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमवार कोरोना संक्रमणबाट ४ जना र आइतबार १० जनाको मृत्यु भएको थियो ।

