भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

-


     मर्दी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


पोखरा । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार भारतमा मृत्यु हुने दर १.५६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ७९ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको तथ्यांकमा उल्लेख छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ४४ हजार ९९६ जना रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उल्लेख गरेको छ भने ५४ लाख २७ हजार ७०६ जना निको भएको छ ।

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।