तनहुँका ११ जना र कास्कीका ५ गरि गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५३०० पुग्यो

-


     मर्दी न्युज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षण अनुसार पछिल्लो (दोस्रो र तेस्रो गरि) अध्यावधिक विवरणमा १६ जना नयाँ कोरोना संक्रमित भएका छन् । जस अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३०० पुगेको छ ।

जसमध्ये तनहुँका १ जना महिला र पोखरा महानगरपालिकाका ८५ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रि-आईसोलेसनमा बसेका र अन्य सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।