
पोखरा, १२ कात्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितका सक्रिय केसको संख्या २ हजार ७ सय ७ रहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधवार बिहान जारी गरेको विवरणअनुसार सक्रिय केसको संख्या २ हजार ७ सय ७ रहेको छ भने हालसम्म संक्रमितको संख्या ६ हजार ७ सय ९० पुगेको छ ।
सक्रिय केसको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सक्रिय संक्रमितको संख्या कास्कीमा रहेको छ । कास्कीमा बुधवारसम्म सक्रिय केसको संख्या १२८६ जना रहेका छन । त्यस्तै लमजुङमा १०६, गोरखामा १८५, तनहुँमा २३९, नवलपरासी पूर्वमा ५४५, स्याङ्जामा ७३, पर्वतमा ४६, बागलुङमा १९८, म्याग्दीमा २८ र मनाङमा १ जना रहेका छन् । मुस्ताङमा भने कोरोना संक्रमितमुक्त रहेका छन् ।
त्यस्तै स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार १४ जना निको भएका छन् । प्रदेशमा हालसम्म कुल ६९ जनाको निधन भएको छ । निधन हुनेमा कास्कीका २४, नवलपरासीपूर्वका १४, तनहुँका १२, गोरखाका ७, स्याङ्जा ५, बागलुङ ४, म्याग्दीका २ र लमजुङका १ जना रहेको छ ।

