गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६८३२ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ कात्तिक । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक जारी विज्ञप्तिअनुसार प्रदेशमा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधवार बिहान १० बजे जारी विज्ञप्तिअनुसार प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका थिए । दोस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशका ३ जिल्लाका गरी १९ जनामा कोरोना पुष्टि भएको हो ।

थपिनेमा नवलवपरासी पूर्वमा १६, तनहुँ १ र गोरखा २ गरी १९ जना रहेका छन् । भरतपुर अस्पताल र चितवन मेडिकलमा गरिएको परीक्षणमा प्रदेशका १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ३२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनादविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार १४ जना निको भएका छन् । प्रदेशमा हालसम्म कुल ६९ जनाको निधन भएको छ । निधन हुनेमा कास्कीका २४, नवलपरासीपूर्वका १४, तनहुँका १२, गोरखाका ७, स्याङ्जा ५, बागलुङ ४, म्याग्दीका २ र लमजुङका १ जना रहेको छ ।



Tags: