पोखराकी ३६ वर्षीय महिलाको कोरोना संक्रमणका कारण निधन

-


     मर्दी न्युज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १३ कात्तिक । पोखरामा थप १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १३ की ३६ वर्षीया महिलाको निधन भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड–१९ उचार केन्द्रमा बुधवार राति ११ बजेको समयमा उपचारका क्रममा उनको ज्यान गएको हो । आइसियुमा उपचाररत उनलाई कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २० औं व्यक्ति भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।



Tags: