
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप ३ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ७५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज शुक्रवार मृत्यु हुनेमा पोखरा–१३ का ३६ वर्षीया महिला, पर्वत कुश्मा–६ का ५५ वर्षीय पुरुष र बागलुङ गलकोट–३ का ७२ वर्षीय पुरुष रहेका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमणमा ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
यससँगै मृत्यु हुनेमा कास्कीका २६, नवलपरासी पूर्वका १५, तनहुँका ११, गोरखाका ८, स्याङ्जाका ६, बागलुङका ५, म्याग्दीका २, पर्वत र लमजुङका १÷१ जना रहेका छन् ।
प्रदेशमा कुल संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ भने तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् । शुक्रवारसम्म प्रदेशमा सक्रिय संक्रमितको सख्या ३ हजार २० रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।