
पोखरा । गण्डकी प्रदेशमा आइतबार मात्रै ४ सय २४ संक्रमित थपिएका छन् । प्रदेशका ९ जिल्लामा ४ सय २४ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिनेमध्ये सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा आइतबार मात्रै २ सय ८३ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । कास्की पछि धेरै संक्रमित थपिनेमा तनहुँ रहेका छन् । तनहुँमा ४१ संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासी पूर्वमा ३१ जना, लमजुङमा १९ जना, पर्वतमा १३, गोरखामा १२, स्याङ्जामा १०, बागलुङमा ९ र म्याग्दीमा ६ जना संक्रमित थपिएका छन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४० पुगेको छ । तीमध्ये ४ हजार ३ सय ३५ जना निको भएका छन् । त्यस्तै आइतबार मात्रै गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छन् भने प्रदेशमा हालसम्म ८० जनाको मृत्यु भएको छ ।