
फाइल तस्विर
पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । देशभर आज थप ३० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै सबैभन्दाा धेरै संख्या हो ।
नेपालमा हिजो मंगलवार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

