
पोखरा, १९ कात्तिक । गण्डकी प्रदेशमा फेरि थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ७२ पुगेको छ । बुधवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चौथो पटक जारी विज्ञप्तिअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेश ५ जिल्लाका गरी ६८ जना नयाँ संक्रमित भेटिएको हो ।
नयाँ थपिनेमा कास्कीका २२, लमजुङ ६, म्याग्दी १३, स्याङ्जाका १६ र तनहुँका ११ जना रहेका छन् ।
यसअघि तेस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशमा कास्कीका ६९ जना, स्याङ्जाका ४ र तनहुँका २ जनामा पुष्टि भएको थियो ।
थप सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएकाहरु हुन् । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
