वीर अस्पताल इमर्जेन्सी विभागका चिकित्सकहरुले दिए सामूहिक राजीनामा

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


काठमाडौं । वीर अस्पताल इमर्जेन्सी विभाग मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीमा आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरुको विभिन्न समस्याहरुको माग निरन्तर गर्दा पनि पूरा नभएको भन्दै राजीनामा दिएका हुन् ।

अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ।

महामारीका बीच निरन्तर सेवामा खटिँदा पनि अस्पतालबाट हुने यस्तो व्यवहारले मनोबल गिरेको उनीहरूले बताएका छन्।

“समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” १६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा उल्लेख छ ।