गण्डकीमा थप १९३ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


पोखरा, २० कात्तिक । गण्डकी प्रदेशमा बिहीबार एक बजेसम्म १ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका ७ जिल्लामा गरी १ सय ९३ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीवार संक्रमित हुनेमा कास्कीका ११५, नवलपरासीका ४७, पर्वतका १४, तनहुँका ११ र बागलुङ, स्याङ्जा र लमजुङका २/२ जना गरी १ सय ९३ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५७ पुगेको छ । तीमध्ये ९३ को मृत्यु भएको छ ।



Tags: