
पोखरा, २० कात्तिक । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुष गरी ३०५१ मा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् । देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् ।
नेपालमा कुल संक्रमितमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।