
पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ ।
बुधवार देशभर कोरोना भाइरसको संक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । देशभर आज कोरोना भाइरसका थप तीन हजार ५१ नयाँ संक्रमित फेला परेका छन् भने योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । तीमध्ये हालसम्म एक लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् ।

