गण्डकीमा पछिल्लो २४ घण्टामा थप २७९ जनामा संक्रमण, कास्कीका मात्रै १३३ जना

-


     मर्दी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा बिहीबार मात्रै २ सय ७९ नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा २ सय ७९ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिनेमध्ये सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा आज मात्रै १ सय ३३ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । कास्की पछि धेरै संक्रमित थपिनेमा जिल्लामा नवलपरासी पूर्व रहेका छन् । नवलपरासी पूर्वमा १०९ संक्रमित थपिएका छन् । त्यस्तै पर्वतमा १४ जना, तनहुँमा १३ जना, गोरखामा ४, लमजुङमा २, स्याङ्जामा २ र बागलुङमा २ जना रहेका छन् ।

यससँगै गण्डकीमा कुल संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ । तीमध्ये ४ हजार ८ सय २ जना निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप १ जनाको मृत्यु भएको छन् भने हालसम्म मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।



Tags: