
पोखरा । पोखरा महानगरपालिका को वडा नं १७ को कार्यालय अर्को सुचना नहुँदा सम्मका लागि पूनः बन्द गरिएको छ ।
वडा कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलन सक्ने भन्दै अध्यक्ष तीर्थराज अधिकारी द्धारा हस्ताक्षरित सुचनामा बताईएको छ ।
वडाबासीलाई आबश्यक काम बाहेक घर बाहिर ननिस्कन र समुहमा भिडभाड नगर्न पनि सुचनामा अनुरोध गरिएको छ ।


