
पोखरा, २२ कात्तिक । गण्डकी प्रदेशमा शनिवार ४ बजेसम्म २ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशका ७ जिल्लामा गरी २ सय ४५ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शनिवार संक्रमित हुनेमा कास्कीका १७५, गोरखाका ३०, तनहुँका १५, लमजुङका १०, बागलुङका ९, स्याङ्जाका ४ र पर्वतका २ जना गरी २ सय ४५ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ८४ पुगेको छ ।
त्यसैगरी प्रदेशमा शनिवार थप २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । मृत्यु हुनेमा नवलपरासीपूर्वका ८२ वर्षीय र पोखरा महानगरपालिकाका २९ वर्षीया महिला रहेका छन् । उनीहरु दुवैको शुक्रवार दिउँसो निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


