
पोखरा, २२ कात्तिक । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुष गरी २७५३ मा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । देशभर ३५ हजार ४३५ संक्रिय संक्रमित छन् ।
नेपालभर शनिवार थप १७ जनाको मृत्यु भएको छ । योसँगै एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।