
पोखरा । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जा पुतलीबजार ८ का ७३ वर्षीया १ महिला संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय ३ पुगेको हो ।
फेवासिटी अस्पतालमा ती महिलाको ज्यान गएको हो । गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४२, नवलपुरका १९, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ८ पुगेको छ । आज शनिवार जारी चौथो विज्ञप्तिअनुसार थप २४ जना र पाँचौं विज्ञप्तिअनुसार थप ९ जनामा कोरोना पुष्टि गरेसँगै प्रदेशमा संक्रमितको संख्या ९ हजार ८ पुगेको हो ।
शनिवार प्रदेशमा संक्रमित हुनेमा कास्कीका १८६, गोरखाका ३१, तनहुँका २८, लमजुङका १०, बागलुङका १०, नवलपरासीपूर्वका ६, स्याङ्जाका ५ र पर्वतका २ जना गरी २ सय ७८ जना रहेका छन् ।

