
पोखरा, २३ कात्तिक । गण्डकी प्रदेशमा आइतबार थप १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशका ९ जिल्लामा गरी १ सय ४१ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आइतबार संक्रमित हुनेमा नवलपरासी पूर्वका ५८, कास्कीका ४२, लमजुङका १२, पर्वतका ८, स्याङ्जाका ७, म्याग्दीका ५, मुस्ताङका ४, तनहुँका ३ र गोरखाका २ जना गरी १ सय ४१ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार १ सय ५८ पुगेको छ ।
त्यसैगरी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १३ का ९२ वर्षीय र स्याङ्जा गल्याङ ७ का ५० वर्षीय पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।

