पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण, १७९८ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


पोखरा, २४ कात्तिक । पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा २५७१ मा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् । देशभर ३६ हजार १ सय ७४ संक्रिय संक्रमित छन् ।

नेपालभर सोमवार थप १८ जनाको मृत्यु भएको छ । योसँगै एक हजार १ सय २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Tags: