
फाइल तस्विर
पोखरा । पोखरा महानगरपालिकामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना, मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा एक/एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकमा पोखरा –११ का ६० वर्षीय पुरूष, पोखरा–१७ की ७४ वर्षीया महिला, पोखरा–१० का ८६ वर्षीय वृद्ध र पोखरा महानगरपालिकाकै ८२ वर्षीया पुरुष रहेका छन ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

