कास्कीका १३० जनासहित गण्डकी प्रदेशमा थप १९७ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


पोखरा । कास्कीका १३० जनासहित गण्डकी प्रदेशमा आज १ सय ९७ कोरोना संक्रमित थपिएका छन् । सोमवार प्रदेशका ७ जिल्लामा गरी १ सय ९७ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका १ सय ३०, नवलपुरमा २९, स्याङ्जामा १६, तनहुँमा १४, गोरखामा ४, पर्वतमा ३ र लमजुङमा १ संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५५ पुगेको छ । तीमध्ये गण्डकी प्रदेशमा हालसम्म ४ हजार ८ सय ६६ जना निको भएका छन् भने १ सय ११ जनाको संक्रमणका कारण ज्यान गएको छ ।



Tags: